१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो।

बुढीगंगाले आफ्नै लगानीमा सडक कालोपत्र गर्ने

बुढीगंगा नगरपालिकाले आफ्नै लगानीमा ग्रामीण सडक कालोपत्र गर्ने भएको छ। पालिकामा नयाँ नेतृत्व आए लगत्तै गरेको निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले दुई वटा सडक आफ्नै लगानीमा कालोपत्र गर्न लागेको हो।

रसुवाका ग्रामीण सडक खुला

वर्षा यामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ। जिल्लाका पाँचै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो।

ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या भएको छ।

अव्यवस्थित ग्रामीण सडकले कुरुप बन्दै गाउँ

सडकका कारण पछिल्लो समय पानीका मुहान सुक्ने, मौलिक सम्पदा मासिनुका साथै कतिपयलाई घरबारविहीन बनाएको पुनमगरको भनाइ थियो।

करिडोर, मध्यपहाडी र ग्रामीण सडक सबै अवरुद्ध

अविरल वर्षासँगै खसेका पहिरोले राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग लगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन्।

वर्षाले खोटाङका सबै ग्रामीण सडक अवरुद्ध

केही दिनदेखिको लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण खोटाङका सबै ग्रामीण सडक अवरुद्ध बनेका छन्।

ग्रामीण सडकमा गाडी चलाउन सकस

‘सडक हिलाम्मे र पहिरो आउने डर हुने गरेको छ,’ उनले भने, ‘सहजताको लागि गाडी चढे पनि ठाउँठाउँमा गाडी फस्दा यात्रुहरूले धकेलेर निकाल्नुपर्ने अवस्था छ।’

बैतडीका ग्रामीण सडक अवरुद्ध

बेमौसमी वर्षाले बैतडीका ग्रामिण सडकमा सवारी साधन चल्न सकेका छैनन्। सवारी साधन नचल्दा दैनिक उपभा्ग्य समानदेखि आवतजावत गर्न समस्या भएको स्थानीय बताउँछन्।

सिन्धुलीका ग्रामीण सडक अवरुद्ध

वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।

जोखिमयुक्त छन् ग्रामीण सडक

गत असार २० गते बैतडीको सिगास गाउँपालिका–३ का ६४ वर्षीय रामसिंह धामी उपचारको लागि डडेल्धुरा जाँदै थिए। अस्पताल नपुग्दै जिप दुर्घटनामा उनले ज्यान गुमाए। उपचारका लागि हिँडेका धामीसहित गाउँका अन्य २ जनाले पनि सोही दुर्घटनामा ज्यान गुमाए भने १२ जना घाइते भए। कच्ची सडकमा जिप अनियन्त्रित भएपछि दुर्घटना भएको हो। झन सिकारु चालकले अनियन्त्रित भएको जिपलाई नियन्त्रण गर्न सकेनन्।

ग्रामीण सडकले मुख्य राजमार्ग जोखिममा

गाउँ–गाउँ जोड्नका लागि निर्माण गरिएका ग्रामीण सडकले मुख्य राजमार्गमा क्षति पुगेको छ। पछिल्ला वर्षहरुमा निर्माण भएका ग्रामीण सडक दिगो नहुँदा त्यसको असर वर्षायाममा देखिन थालेको छ। पृथ्वी राजमार्गसँग जोडिएर धादिङको बेनिघाट रोराङ गाउँपालिकाभित्र दर्जन बढी शाखा सडक निर्माण भएका छन्।

हरेक बर्खामा थिल्थिलिन्छन् सडक

खाद्यान्नलगायत अन्य सामग्री ढुवानी तथा बिरामीलाई उपचारका लागि अस्पताल लैजान साना यातायातका साधान सञ्चालन गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्