४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

साल्टट्रेडिङकाे घुम्ती सेवाः घरआंगनमै सुलभ मूल्यमै खाद्य वस्तु पाउँदा स्थानीय मख्ख

आइतबार साल्टट्रेडिङको घुम्ती बिक्री सेवा भ्यानले जनतालाई चहिने अत्यावश्यक खाद्य सामग्री बोकोर ताहचलमा आउँदा जनताहरु निकै खुसी भए। किनभने जेठ १४ गतेदेखि निषेधाज्ञा जारी भएदेखि किराना तथा डिपार्टमेन्ट पसलहरु समेत बन्द भएका कारण उनीहरुले दैनिक अत्यावश्यक खाद्यान्न किन्न पाएका थिएनन्।  

तीन दिनभित्र सामान सकिएको थियो र केही पसललेले निषेधाज्ञामा लुकेर समान दिने तर बढी रकम तिरे मात्र दिने लगाएतका कालाेबजारी गर्ने देखिएपछि टोलवासीले साल्टट्रेडिङको नायब कार्यकारी अधिकृत कुमार राजभण्डारीलाई घुम्ती भ्यान पठाइन दिन आग्रह गरे। शनिबार दिउँसो आग्रह गर्नासाथ आइतबार विहान उनले जनतालाई दैनिक अत्यावश्यक सामग्रीसहितको घुम्ती भ्यान पठाइ दिए। जनताले निकै खुसी बने। उनीहरु लाइनमा बसेर मास्क, सेनिटाइजर तथा सामाजिक दूरी कायम गरेरै समान किने। घुम्ती भ्यानमा आएका साल्टट्रेडिङका प्रतिनिधिहरु पनि पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदन्ड अपनाएर पिपिसेट, फेससिल्ड, मास्क र सामान छोएपछि नियमित सेनिटाइजरको प्रयोग गरिरहेका थिए।  

अत्याधिक जनता समक्ष चुस्त, प्रसस्त र प्रत्यक्ष घुम्ती सेवा पुर्याउन स्थानीय जनप्रतिनिधिको समन्वय हुनु आवश्यक देखियो : साल्टट्रेडिङ

ताहचलकी पविता श्रेष्ठले घुम्ती भ्यान देख्नासाथ खुसी भएर आफूलाई चाहिने चिनी, नुन, मैदा र तेल किनिन् त्यो पनि सरकारी दामरेटमै।

‘तीन दिनदेखि मेरो घरमा चिनी सकेर निकै समस्या परेको थियो। पिठो नि थिएन,’ पविताले सहुलियत मूल्यमै समान किन्दै भनिन्, ‘पसलेका भएको बन्द थियो चिनेकै ठाउँमा जाँदा नि चिनीमा अघिपछि भन्दा भाउनै बढी भन्यो। मैले किन्न सकिन।’ उनले थपिन् ,‘आजा साल्टट्रेडिङको भ्यानबाटै आफूलाई चाहिने दैनिक खाद्य सामानहरु रोजीरोजी सरकारी मूल्यमै आफ्नै घरआगनमा पाउँदा मनै फुरुङ भयो।’

सरकारले निषेधाज्ञा भरि साल्टट्रेडिङले घुम्ती सेवाबाट आवश्यक खाद्य सामग्री सर्वशुलभ मूल्यमै पाउने ब्यवस्था गराएकोमा काठमाडौं, ललितपुर र भक्तपुर मात्र होइन उपत्यका वरिपरिका जिल्लाका नागरिकहरु समेत राहत महसुस गरेका छन्।  

तर घुम्ती सेवा उपलब्ध गराउन दैनिक भ्यानमा हिँड्ने प्रतिनिधिहरु भने स्थानीयको सहयोगको कमी भएकोले गर्दा धेरै समुदायसम्म सामान पुग्न नसकेको महसुस भएको सुनाउँछन्।  

भ्यानसंगै समान लिएर जनताको घरआगनसम्म पुग्ने साल्टट्रेडिङका सहायक प्रमुख सन्तोष सिग्देलका अनुसार स्थानीय सरकारको सहयोग नपाउँदा कहिले प्रहरीले दुःख दिन्छन् भने कहिले जनतालाई आवश्यक हुँदा पनि समान पुग्न सकेको छैन। उनले अब स्थानीय निकायो सहकार्यको अति आवश्यक परेको गुनासो गरे।  

‘सुरुका दिनमा त हामीलाई बल्खुमा प्रहरीले रोकेरै राख्यो। जनतालाई अत्यावश्क सामान पुर्याउन जान लागेको भन्दा पनि कसो अनुमति हो देखाउ भनेर निकै दुःख दिनु भयो,’ सहायक प्रमुख सिग्देलले नागरिकसँग अनुभव सुनाए, ‘त्यही भएर स्थानीय जनप्रतिनिधिलाई आफ्नो टोल, समुदाय र छिमेकको समस्या थाहा हुन्छ। कसलाई के खाँचो छ। सोधेरै हामीलाई समन्यवारी भूमिका खेलीदिए हामीले पनि धेरै भन्दा धेरै जनताको घर आँगनसम्म खाद्य सामाग्री पुर्याएर प्रत्यक्ष सेवा दिन पाउने थियौं।’ उनले थपे, ‘किनभने ललितपुरका उपभोक्ता मन्चका प्रेमलाल महर्जनले सहकार्य गर्दा मंगलबजार, कुपन्डोल,जावलाखेललगाएतका ठाउँमा हाम्रो घुम्ती सेवाबाट धेरै भन्दा धेरै समुदायहरुले लाभ उठाउनु भएको छ।’

नायब कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार साल्टट्रेडिङले आफ्नो तीन वटा घुम्ती सेवा भ्यानबाट दैनिक उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर तथा उपत्यका बाहिरका वरिपरिका जिल्लाहरुमा समेत खाद्य सामग्री जनताको घर आँगनमा पुर्याउन सफल भएको छ। ‘निषेधाज्ञाले गर्दा हाम्रो केन्द्रीय कार्यलयमा सेवाग्राहीहरु पुग्न सक्नु भएको छैन,’ नायब कार्यकारी अधिकृत राजभण्डारीले भने, ‘हामी जनतासम्म पुगेका छौं। तर अझ समुदायमै पुग्न हामीलाई जनप्रतिनिधिको सहयोग निकै खाँचो छ।’ उनले थपे, ‘हाल हाम्रो तीन वटा भ्यानले दैनिक साढे तीन लाखसम्मको खाद्य सामग्री विक्री वितरण गरिरहेको छ।’

प्रकाशित: १७ जेष्ठ २०७८ १३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App