एकीकृत घुम्ती सेवाप्रति स्थानीयको चासो बढ्दै
स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढ्न थालेको देखिन्छ। साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन्।
स्थानीयतहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती सेवाप्रति सर्वसाधारणमा क्रमशः चासो बढ्न थालेको देखिन्छ। साथै घुम्ती सेवाबाट उनीहरू उत्साहित पनि भएका छन्।
आइतबार साल्टट्रेडिङको घुम्ती बिक्री सेवा भ्यानले जनतालाई चहिने अत्यावश्यक खाद्य सामग्री बोकोर ताहचलमा आउँदा जनताहरु निकै खुसी भए। किनभने जेठ १४ गतेदेखि निषेधाज्ञा जारी भएदेखि किराना तथा डिपार्टमेन्ट पसलहरु समेत बन्द भएका कारण उनीहरुले दैनिक अत्यावश्यक खाद्यान्न किन्न पाएका थिएनन्।