१६ चैत्र २०८० शुक्रबार
अर्थ

आर्थिक अनुशासन र बजेट कार्यान्वयन पहिलो प्राथमिकता: मन्त्री शर्मा

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले प्रदेश सरकारको काम कारवाहीमा आर्थिक अनुशासन कायम गरी बजेट कार्यान्वयनमा प्राथमिकता दिने बताएका छन्। 

सोमबार पदबहाली गर्दै योजनामन्त्री शर्माले कर्णालीको विकासका लागि उपलब्ध स्रोत–साधनको सदुपयोग गर्दै समुचित ढंगबाट बजेट बाँडफाट गर्ने बताए। ‘यतिबेला कोरोना महामारी बढ्दै गएकाले अस्पताल निर्माण र त्यसका लागि आवश्यक सामग्री जुटाउन र जनशक्ति व्यवस्थापन मुख्य काम हो,’ उनले भने, ‘तत्काल जनताको जीउज्यान जोगाउने कार्य मेरो पहिलो प्राथमिकता हो।’  

योजनामन्त्री शर्माले आगामी आव २०७८/०७९ मा कर्णालीको सबै क्षेत्र, समुदाय र भूगोल समेट्ने, यहाँको आवश्यकता र विशिष्टतालाई ध्यान दिएर बजेट निर्माण गर्ने जनाए। भौतिक पूर्वाधार निर्माण र मानवीय विकासलाई सँगसँगै लग्ने बताएका उनले आगामी वर्षको बजेट कार्यान्वयन हुने गरी विनियोजन गर्ने र कार्यान्वयनमा विशेष जोड दिने प्रतिबद्धता जनाए।

शपथ ग्रहणपछि पदवहाली गर्दै मन्त्री शर्माले दुर्गम जिल्लाको विकासलाई प्राथमिकतामा राखेर फाइल सदर गरेका छन्। दुर्गमको विकासबिना समग्र प्रदेशको विकास नहुने भएकोले हिमाली जिल्लाका आयोजनासँग सम्बन्धित दुई मोटरेबल पुल र एक सडक निर्माणको लागि तयार पारिएको फाइल सदर गर्दै उनले कार्यारम्भ गरे।

मन्त्री शर्माले मुगु जिल्लाको दोमुख माटरेबल पुल निर्माणका लागि एक करोड २७ लाख, झुक्ला मोटरेबल पुलका लागि पाँच करोड ११ लाख र क्याटु–साल्दाङ–धो सडकका लागि १० करोड ५५ लाख बजेट सुनिश्चितताको फाइल सदर गरेका हुन्। 

प्रकाशित: ४ जेष्ठ २०७८ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App