१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

साइन रेसुंगा बैंकको शाखा पोखरामा

पोखरामा बिस्तार गरिएको साइन रेसुंगा बैंकको शाखा उद्घाटन गर्दै । तस्बिरः नागरिक

साइन रेसुंगा डेभलपमेन्ट बैंकले पोखरामा शाखा बिस्तार गरेको छ । बुटवलको कालिकानगरमा मुख्य कार्यालय रहेको साइन रेसुंगाले पोखराको न्यूरोडमा शाखा बिस्तार गरेको हो ।  

पोखरामा बिस्तारसँगै साइन रेसुंगाको देशभर ७७ वटा शाखा पुगेको छ । गण्डकी प्रदेशमा भने दोश्रो शाखा हो । यसअघि गण्डकी प्रदेश अन्तर्गत बागलुङको बुर्तिवाङमा यसले शाखा बिस्तार गरिसकेको छ ।

पोखरा शाखाको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक ईश्वरीप्रसाद भट्टराईले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा निर्देशक भट्टराईले प्राथमिकता प्राप्त क्षेत्रमा बैंकको लगानी केन्द्रीत गर्न आग्रह गरे । साथै उनले सेवाग्राहीको गुनासो नआउने गरी काम गर्न पनि सुझाव दिए ।

बैंकको कुल चुक्तापूँजी ४ अर्ब रुपैयाँ रहेको जनाइएको छ । बैंकले हालसम्म ३३ अर्ब ५० करोड रुपैयाँ बचत संकलन र ३० अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरिसकेको बैंकका पोखरा शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार हालसम्म ४ लाख ५० हजारले खाता खोलेका छन् ।

बैंकले चाँडै नै पोखरामा थप ३ शाखा बिस्तार गर्ने योजना बनाएको बैंकका पोखरा शाखा उप–प्रमुख प्रकाश गुरुङले जानकारी दिए । ‘कहाँकहाँ शाखा बिस्तार गर्ने भन्ने योजना बनाउँदैछौं, पोखरामा चाँडै थप ३ वटा शाखा खोल्छौं,’ उनले भने ।

प्रकाशित: ४ चैत्र २०७७ ०९:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App