२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालमा गुड ब्रिक्स सिस्टम सुरु

दक्षिण कोरियाली कम्पनी इन्नोसिएसआरले इन्डोनेसिया, कोरिया, म्यानमार र नेपालमा इँटाको जिम्मेवार र दिगो प्रविधि गुड ब्रिक्स सिस्टम भित्र्याएको छ । दक्षिण कोरियाको सो कम्पनीले प्रमाणित भइसकेको उक्त प्रविधिबाट उत्पादित इँटा बलियो र भरपर्दो हुने दाबी गरेको छ । एसियाली विकास बैंकको भेन्चर क्यापिटल विभाग एडिबी भेन्चरको एक लाख २५ हजार अमेरिकी डलर अनुदान पाएको कम्पनीले यो प्रविधिबाट उद्योगले वातावरण र स्वास्थ्यमा पार्ने हानिकारक असर न्यूनीकरण गर्ने उद्देश्य रहेको जनाएको छ । उक्त अनुदानले एडिबी भेन्चरलाई गुड ब्रिक्स सिस्टममा भविष्यमा पुँजी लगानी गर्ने विकल्प पनि दिन्छ ।

अटोमेटेड नन–फायर्ड, वातावरण र श्रमिकमैत्री इँटा ९० प्रतिशत माटो, ९.८ प्रतिशत ९.८ प्रतिशत र सोयल स्टेबिलाइजर ०.२ प्रतिशत मिसाएर उत्पादन गर्ने कम्पनीको भनाइ छ । नेपालमा यो प्रविधि गोरखाखाको च्याङ्लिङटारस्थित गोरखा इन्नोटेक प्रालिले सफलतापूर्वक अवलम्बन गरेको छ ।

उक्त कम्पनीको इँटामा आवश्यक न्यूनतम ८एमपिएको स्ट्रेन्थ रहेको र त्यसले माटोको इँटाको क वर्गको अन्तर्राष्ट्रिय स्तरको सर्त पूरा गरेको दाबी विज्ञप्तिमा छ । एक घन्टामा उक्त मेसिनले तीन हजार पाँच सय र महिनामा १० लाखभन्दा बढी इँटा सजिलै उत्पादन गर्न सक्ने बताइएको छ ।

मेसिनले उत्पादन गर्ने हुँदा उत्पादन प्रक्रियामा प्रदूषण उत्पन्न नहुने र जनशक्ति पनि कम भए पुग्ने बताइएको छ । इँटा घर वा टहरोभित्रै उत्पादन हुने हुँदा घाम, झरी र अन्य प्रतिकूल वातावरणले असर नगर्ने बताइएको छ । इँटा वर्षभरि नै उत्पादन गर्न सकिन्छ । यसको उत्पादन लागत परम्परागत इँटाको सरह नै पर्ने बताइएको छ ।

प्रकाशित: ८ मंसिर २०७७ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App