१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

जाडो मौसम सुरुआतँंगै विद्युत खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत उत्पादन गरिएको छ। कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रशारणमा जोडिएको छ।  

कुलेखानीबाट उत्पादित विद्युत् अहिले काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, झापा, भैरहवा, जनकपुर र महेन्द्रनगरमा आपूर्ति भइरहेको कुलेखानी प्रथम आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले बताए। नेपाल विद्युत प्राधिकरण काठमाडौँले विभिन्न शहरमा विद्युतको आपूर्ति कम हुन गएमा कुलेखानी आयोजनाको उत्पादनमा कटौती गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको उनको भनाइ छ।  

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ स्थित इन्द्रसरोवर जलाशयमा अहिले पानीको सतह भरिन करिब साँढे पाँच मिटर उचाइ बाँकी रहेको कुलेखानी प्रथम आयोजनाका नियन्त्रण कक्षका प्रमुख रामकुमार चौधरीले जानकारी दिए। रासस

प्रकाशित: २१ कार्तिक २०७७ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App