२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

मध्य तमोरले आउँदो पुस १५ गते विद्युत उत्पादनको परीक्षण सुरु गर्ने

ताप्लेजुङमा निर्माणाधिन मध्य तमोर जलविद्युत आयोजनाले फागुन १५ गतेबाट विद्युत उत्पादनको परीक्षण सुरु गर्ने भएको छ।

राष्ट्रपतिद्वारा उज्यालो गाउँ बनाउने अभियानलाई तीव्रता दिन आग्रह

राष्ट्रपति विद्या भण्डारीले विद्युत उत्पादन, खपत र निर्यात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अर्थतन्त्रमा ऊर्जा क्षेत्रको योगदान वृद्धि गरी ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्नु हाम्रो प्राथमिकताको विषय रहेको बताएकी छिन्।

कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन

जाडो मौसम सुरुआतँंगै विद्युत खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत उत्पादन गरिएको छ। कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रशारणमा जोडिएको छ।

जलेश्वरीमा सिम्ले खोलाबाट विद्युत उत्पादन

खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा स्थानीय खोलाबाट विद्युत निकालिएको छ । स्थानीय सिम्ले खोलाबाट ५ किलोवाट क्षमताको विद्युत निकालिएको हो । जलेश्वरीको देम्लीटार, बाबियोखर्क र हंखाईका ६५ घरमा बिस्तार गरिएको लघुजलविद्युत आयोजना बिहिबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले उद्घाटन गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्