१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

मध्य तमोरले आउँदो पुस १५ गते विद्युत उत्पादनको परीक्षण सुरु गर्ने

ताप्लेजुङमा निर्माणाधिन मध्य तमोर जलविद्युत आयोजनाले फागुन १५ गतेबाट विद्युत उत्पादनको परीक्षण सुरु गर्ने भएको छ।  

तमोरले ७३ मेगावाट क्षमताको जलविद्युतको व्यवसायिक उत्पादन केन्द्रीय प्रसारण लाइनमा गाभ्न सकिने गरी तयारी थालेको हो। उसले आउँदो पुस १५ गते आइतवार विद्युत उत्पादनको परीक्षण गर्ने तयारी गरेको छ।  

आयोजना प्रवन्धक डाक्टर मणिराज पोखरेलले सो बेला सम्ममा विद्युत उत्पादनको सबै प्रक्रिया पुरा गरी फागुन १५ गतेबाट व्यवसायिक उत्पादन सुरु गर्न सकिने जानकारी दिए।

आयोजनाले यसअघि २०८१ सालको नयाँ वर्षसँगै विद्युतको व्यवसायिक उत्पादन गर्न सकिने कार्यतालिका बनाएपनि सो भन्दा अघिनै विद्युत निर्माणको चरण पुरा हुने देखिएको छ।  

समयावधिभन्दा चाँडो विद्युत उत्पादनको परीक्षण गर्नलाई असर नपर्ने भएपनि केन्द्रीय विद्युत प्रसारण लाइन जडानको कार्यमा भने उल्झन देखिन थालेको छ। स्रोतका अनुसार ताप्लेजुङको मैवाखोला गाउँपालिकाको वडा नं. १ ढुङ्गेसाँघुस्थित यसअघि भनिएको २२० केभिए विद्युत प्रसारण लाइनको क्षमता १३२ केभिएमा खुम्चने देखिएको छ। तर, मध्य तमोर जलविद्युत आयोजनाको विद्युत उत्पादन २२० केभिए विद्युत प्रसारण लाइनमा मात्र जडान गर्न सकिन्छ।  

यसअघि ढुङ्गेसाँघुस्थित विद्युत प्रसारण लाइनमै समाहित गर्नेगरी मध्य तमोर जलबिद्युत आयोजनाले प्रसारण लाइनका लागि आवश्यक पर्ने सबै पूर्वाधारको काम समेत सकिसकेको छ।

ढुङ्गेसाँघुस्थित विद्युत सवस्टेशनको प्रसारण लाइन क्षमता खुम्चने बारे भने मध्य तमोर जलबिद्युत आयोजनाले केहि बताएको छैन। यदि यो प्रसारण लाइनको क्षमता खुम्चिएको अवस्थामा मध्य तमोरले आफ्नो उत्पादन केन्द्रीय विद्युत प्रसारणमा समाहित गर्नका लागि तेह्रथुमको बसन्तपुर सम्म लैजानु पर्छ। यसका लागि भने समय लाग्ने अवस्था आउँछ। यो अवस्थामा व्यवसायिक उत्पादनका लागि मध्य तमोरलाई समय लाग्ने अवस्था आउँछ।

ढुङ्गेसाँघुस्थित विद्युत सवस्टेशनको निर्माणका लागि सन् २०१८ मा २ अर्ब ७८ करोढ ९१ लाख रुपैयाँमा निर्माण जिम्मेवारी पाएको भारतीय कम्पनी केईसी ईन्टरनेस्नलले विद्युत सवस्टेशनको करिव ९० प्रतिशत काम भने पूरा भएको जनाएको छ। मध्य तमोर ताप्लेजुङमा निर्माणाधीन सबैभन्दा आयोजना हो। निर्माण अवधिको ब्याज सहित आयोजनाको प्रक्षेपित लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। आयोजनाको कूल लागतको ७५ प्रतिशत बैंक र २५ प्रतिशत स्व–पूँजी रहेको छ।  

प्रकाशित: १६ आश्विन २०८० ०६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App