१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml
अर्थ

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य ह्रास आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पहेँलो धातुको मूल्यमा प्रतितोला ४ सय रुपैयाँले गिरावट आएको छ।

 महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ४०० तोकेको छ। यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ९०० निर्धारण गरिएको छ। शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु ९८ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ३०० कायम थियो।

 पहेँलो धातुसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। चाँदी प्रतितोला रु २५ ले घटेर एक हजार ३४५ पुगेको महासङ्घले जनाएको छ।

प्रकाशित: ७ भाद्र २०७७ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App