३१ असार २०८३ बुधबार
image/svg+xml
अर्थ

एकदिन पनि टिकेन नेप्सेको उत्साह, कारोबार रकम चार अर्बमा सीमित

बजार परिसूचक (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १९.८९ अंक घटेर २७४१.४७ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स २.६९ अंक, फ्लोट इण्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९८ अंकले घटेको छ।

कारोबार रकम पनि सोमबारको तुलनामा ६७ करोडले घटेको छ। मंगलबार ३२३ स्टकको ८९ हजार ७७५ पटकको कारोबारमा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँबराबरको १ करोड ५ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। सोमबार नेप्सेमा ५ अर्ब १० करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

कारोबारमा आएको दोस्रो दिन हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किटमा २६ रुपैयाँ ७० पैसा बढेर २९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भयो। उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ७.४७ प्रतिशत घटेको छ।  

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको २० करोड र यूनियन हाइड्रोपावरको साढे १४ करोड रुपैयाँबराबरको कारोबार भयो ।  

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.९७ प्रतिशत र अन्य उपसमूहहरुको १ प्रतिशतभन्दा कमले गिरावट आएको छ । 

प्रकाशित: १७ भाद्र २०८२ १६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App