१९ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

ट्याक्सी अब अनलाइनबाट

यात्रुले ट्याक्सी चढ्दा अब बार्गेनिङ नगरी सुरक्षित यात्रा गर्न पाउने भएका छन् । अनलाइनबाट बुकिङ गरेर ट्याक्सी अब चढ्न पाइने भएपछि ट्याक्सी खोज्नुपर्ने झन्झटसमेत हटेको हो । कोरोना संक्रमणका कारण लकडाउनमा ट्याक्सी चलाउन नपाइने भएको थियो । दुई साता अघि सरकारले ट्याक्सी चलाउने अनुमति दिएको हो । सञ्चालनको अनुमति पाएपनि पहिलेजस्तो यात्रु भने पाउन नसकेको ट्याक्सी चालक बताउँछन् ।  

ट्याक्सीले सहजरुपमा यात्रु नपाउनु स्वभाविक भएको ट्याक्सीमाण्डुका प्रवन्ध निर्देशक अर्जुन केसीले बताए । ‘अहिले पहिलेजस्तो यात्रु सडक वा जक्सनमा भेटिने सम्भावना एकदमै कम छ । त्यसैले चालककहरूले प्रविधि प्रयोग गरी आफु पनि सुरक्षित हुन सकिन्छ’ केसीले भने, ‘यात्रुलाई पनि सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनुपर्छ । ट्याक्सी चालकले पहिलेजस्तो सडकमा कुरेर होइन अनलाईमार्फत बुकिङमार्फत यात्रु खोज्नुपर्ने बेला आएको छ ।’ अत्यावश्यक कामबाहेक बाहिर ननिस्केको बेला यात्रु खोज्दै ट्याक्सी गुडाउँदा पेट्रोल मात्रै स्वाहा हुने उनले बताए ।  

अत्यन्तै जरुरी काम परेर निस्कने यात्रुले एपबाटै ट्याक्सी बुक गर्ने भएकाले प्रविधिको फाइदा लिन उनको सुझाव छ । ‘यात्रुलाई ट्याक्सी एकदमै सुरक्षित रहेको विश्वस्त बनाउन चालकले मास्क र पञ्जा अनिवार्य प्रयोग गर्नुपर्छ’ उनले भने, ‘सडकमा भिडभाड गर्नुभन्दा घर वा सुरक्षित स्थानमा बसी एपबाटै यात्रु खोज्नु अहिले उत्तम हुनेछ ।’  

ट्याक्सीमाण्डुसँग हालसम्म २५ सय बढी ट्याक्सी चालक आवद्ध रहेका छन् । यात्रुलाई सुरक्षित राख्न ट्याक्सीमाण्डुसँग आवद्ध भएका ट्याक्सी पूर्णरुपमा सुरक्षित भएको केसीले बताए । एपमार्फत बुकिङ गरिएका ट्याक्सी चालक, यात्रु सबै विवरण हुने भएकाले कसैलाई संक्रमण भइहाले कन्ट्याक्ट ट्रेसिङ गर्न पनि सजिलो हुने उनले बताए ।

प्रकाशित: ५ श्रावण २०७७ ०६:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App