१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

नेसनल लाइफले दियो पोखरामा अभिकर्तालाई एकदिने तालिम

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई एक दिने तालिम प्रदान गरेको छ।

कम्पनीले जारी गरेको मासिक योजना मन्थन २०८२ मा तोकिएको व्यवसाय गरी छनोट भएका गण्डकी प्रदेशका सबै शाखा कार्यालयहरू र लुम्बिनी तथा बागमती प्रदेशका केही शाखा कार्यालयहरूमा आबद्ध अभिकर्ताहरूलाई तालिम दिइएको हो।

कार्य गर्ने एक सय ८५ जना अभिकर्ताहरूलाई पोखरास्थित होटल मेजेस्टिक लेक फ्रन्टमा बिमा क्षेत्रका चर्चित प्रशिक्षक काजिम रजाले प्रशिक्षण प्रदान गरेको थियो।

प्रशिक्षणको क्रममा उहाँले एमडिआरटी, सिओटी र टिओटीको लक्ष्य प्राप्त गर्नका लागि विभिन्न उपायहरू अबलम्बन गरी फरक तरिकाले बजारमा प्रस्तुत हुने कलाबारे प्रशिक्षण दिइएको जनाएको छ।

कार्यक्रममा कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेलले यस प्रकारको तालिमबाट अभिकर्ताको मनोबल वृद्धि भई आफ्नो व्यावसायिक लक्ष्य हासिल गर्न मद्दत पुग्ने भएको छ।

कम्पनीले अभिकर्तालाई उत्कृष्ट तालिम दिने गरी प्रेरणा, प्रगति र पेसागत उत्कृष्टता भन्ने नारासहित मासिक योजना मन्थन जारी गरिएको र यो योजनामा देशैभरबाट सात सय भन्दा बढी छनोट भएका सबै अभिकर्तालाई पायक पर्ने विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरिएको बताए।

साथै उहाँले शाखा स्तरीय प्रथम द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई मायाको चिनो प्रदान गरेका थिए।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्तालाई तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा उतारी  प्रतिस्पर्धात्मक बजारमा आफूलाई अब्बल साबित गरेर देखाउनुहुनेछ भन्ने अपेक्षा रहेको बताए।  

प्रकाशित: १९ माघ २०८२ १३:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App