१६ माघ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

नदी जन्य पदार्थको राजस्व रकम डुबाउन खोजिएको भन्दै नगर सभा नै प्रभावित

नदी जन्य पदार्थको ठेक्का र अमान्तबाट खातामा दाखिला हुनु पर्ने  करोडौ राजस्व रकम दाखिला नगरिए पछि जितपुरसिमरा उपमहानगरपालिका र कोहल्वी नगरपालिकाको नगर सभा नै प्रभावित बनेको छ।ठेकेदार र अमान्तमा राजस्व संकलन गरेकाहरुले नगर प्रमुख र कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारेर राजस्व रकम डुबाउन खोजिएको आरोप लगाउँदै कार्यपालिका र नगर सभा सदस्यहरुले विरोध गरे पछि दुबै स्थानीय तहको नगर सभा प्रभावित हुन पुगेको हो।

जितपुरसिमरा उपमहानगरपालिकाको लगभग चार करोड र कोहल्वी नगरपालिकाको पनि लगभग तीन करोड राजस्व रकम ठेकेदार र कर्मचारीहरुले दाखिला नगरिए पछि त्यसको विरोधमा नगर सभा बहिष्कार गरिएको असंतुष्ट वडा अध्यक्षहरुले बताएका छन्।राजस्व रकम जम्मा गरे पछि मात्रै नगर सभा गराउन माग गरे पछि नगर प्रमुख र कर्मचारीहरुले आफु बच्नको लागि सम्बन्धीत ठेकेदार र कर्मचारीको नाममा अहिले राजस्व रकम तिर्न पत्रचार समेत गरेका छन्।

आर्थिक बर्ष २०७७/२०७८को लागि  खर्च गर्नु पर्ने बजेट रकमलाई बिभिन्न शिर्षकमा बिनियोगित गरेर स्थानीय तहहरुले असार १० गते भित्रमा नगर सभाबाट पारित गर्नु पर्ने व्यवस्था रहेको छ।असार १० गते भित्रमा नगरसभा गराउनु पर्ने भए पनि साउन पहिलो हप्ता बित्न लाग्दा समेत बढी आन्तरिक स्रोत भएको यी दुई स्थानीय तहको नगर सभा अनिश्चित नै बनेको छ।

जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा.कृष्ण पौडेलले असार १० गते भित्रमा नगर सभा हुन नसक्नु माध्ये ठेकेदारहरुले नदी जन्य पदार्थको राजस्व रकम जम्मा गर्न नसक्नु पनि एक कारण रहेका बताएका छन्।ठेकेदारहरुबाट नदीजन्य पदार्थबाट आउनु पर्ने लगभग चार करोड राजस्व रकम नआएको र त्यसलाई उठाउन काम शुरु गरिएको पौडेलले बताए।

त्यसै गरि कोहल्वी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिरेन्द्र चौधरीले आर्थिक बर्ष २०७५÷२०७६ नदीजन्य पदार्थको ठेक्का लिएको कलैयाको छठीया निर्माण सेवाले एक करोड १७ लाख र अमान्तबाट उठाइएको ४० लाख र २०७६÷२०७७ आर्थिब बर्षको पनि राजस्व रकम दाखिला नगरिएको बताएका छन्।

नगरपालिकाको खातामा जम्मा गर्नु पर्ने राजस्व रकम जम्मा गरेर गरिएको हिसाब पारदर्शी गरे पछि मात्रै नगरसभामा सहभागी हुने साथीहरुले बताए पछि अहिले बाकी रहेको राजस्व तिराउनको लागि नगरपालिकाबाट पत्रचार समेत गरिएको चौधरीले बताए।

त्यसै गरि बारागढी गाउँपालिकामा समेत नगर सभा गरिएको छैन्।गाउँपालिका अध्यक्ष, उपाध्यक्ष प्रशासकीय अधिकृतको आपसी तालमेल नमिल्दा र अन्य नगर सभा सदस्यहरुको मागलाईव सम्बोधन गर्न नसक्दा नगर सभा हुन नसकेको बताइएको छ।गाउँपालिका अध्यक्ष देवदत बछारले विकान निर्माणको कार्यमा लाग्दा नगर सभा समयमै गर्न नसकिएको तर्क गरेका छन्।नगरसभा भए पछि नगरसभा सदस्यहरुको के के असतुष्टी रहेको छ त्यो पछि थाहा लाग्ने भएकोले अहिले केही भन्न नसकिने अध्यक्ष बछारले बताए।

 

प्रकाशित: ४ श्रावण २०७७ ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App