७ वैशाख २०८१ शुक्रबार
अर्थ

पर्यटन बोर्डले ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ प्रवर्द्वन गर्ने

लकडाउनको सदुपयोग

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेबाट ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’को अध्ययन प्रतिवेदन बुझ्दै नेपाल पर्यटन बोर्डका सिइओ डा. धनञ्जय रेग्मी ।

काठमाडौं–नेपाल पर्यटन बोर्डले काठमाडौं–नुवाकोट र रसुवालाई जोड्ने ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’ प्रवद्र्धन गर्ने भएको छ। रसुवा–नुवाकोट पर्यटन समाजले लकडाउनमा अध्ययन गरेको पदमार्गको प्रतिवेदन बुझेपछि बोर्डले प्रवर्द्वन गर्ने प्रतिबद्धता जनाएको हो।  

समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीलाई प्रतिवेदन हस्तान्तरण गरिएको थियो। ‘यस पदमार्ग नेपाली पर्यटन उद्योगमा विशिष्ट प्रोडक्टका रुपमा स्थापित हुनेछ’, प्रतिवेदन बुझेपछि डा. रेग्मीले भने, ‘यसको प्रवर्द्वनमा हामी निरन्तर लाग्नेछौं।’

बुढानिलकण्ठ, काठमाडौंबाट सुरु हुने पदमार्ग नुवाकोटका गाउँबेसी हुँदै रसुवाको गोसाइँकुण्ड भएर धुन्चेसम्म जोडिन्छ। काठमाडौंबाट निस्केका पदयात्री घुमेर आठौं दिन काठमाडौं फर्कन सक्छन्।  

कार्यक्रममा अगुवा पर्यटनविज्ञ दिपक महत, राजनीतिज्ञ रमेश महत, पदमार्ग अध्ययन टोलीका संयोजक शिव लामिछाने, समाजकी नेतृ ऋतु ज्ञामदान र समाजका अध्यक्ष बलराम न्यौपानेले ‘राउचुली–गोसाइँकुण्ड पदमार्ग’को प्रवर्द्वनमा हातेमालो गर्न सबैसँग आग्रह गरेका थिए।  

यस पदमार्गको पूर्वाधार विकासमा सरकारले ८० करोड रुपैयाँ खर्च गरिसकेको अध्ययन टोलीका संयोजक लामिछानेले जानकारी दिए। यद्यपि पदमार्ग व्यवस्थित भैसकेको छैन। त्यसैले हालसम्म भएको खर्चको समीक्षा गर्नुपर्ने देखिन्छ। 

‘अध्ययन टोलीका साथीहरूले सामाजिक सञ्जालमा राखेका तस्बिर र जानकारी देखेरै विदेशीहरू लोभिइसकेका छन्’ पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य समेत रहेका पर्यटनविज्ञ महतले भने, ‘नेपाली पर्यटनमा यो एउटा युनिक प्रोडक्टका रुपमा स्थापित हुनेछ।’  

टानसँग मिलेर एडभेन्चर थर्ड पोल कम्पनीले १८ वर्ष अघि यस पदमार्गको संभाव्यता अध्ययन गरेको थियो। यसको पूर्वाधार विकासमा सकारले ८० करोड रुपैयाँ खर्च गरिसकेको अध्ययन टोलीका संयोजक लामिछानेले जानकारी दिएका छन्। यद्यपि पदमार्ग व्यवस्थित भैसकेको छैन। ठाउँठाउँमा पदमार्ग सुधार, सांकेतिक चिन्ह, पोर्टर सेल्टर निर्माण लगायतका काम गर्न बाँकी नै छ। त्यसैले हालसम्म भएको खर्चको समीक्षा गर्नुपर्ने देखिन्छ।  

हिमाली सौन्दर्य, पहाडी जीवनशैली र विभिन्न जातजातिको संस्कृतिले भरिपूर्ण पदमार्ग पर्यटकको रोजाईमा पर्न सक्छ। पदगमार्गका राउचुली (३,७८५ मिटर), छ्यार्कुङचुली (४,५८७ मिटर) लगायत डाँडाबाट हिमाल, सूर्योदय र सूर्यास्तको दृश्य देखिन्छ।  

उपाध्यक्ष शिव लामिछानेको नेतृत्वमा समाजले बोर्ड सहित स्थानीयको सहयोगमा असार १२ देखि १९ गतेसम्म पदमार्गको अध्ययन गरेको थियो। अध्ययन टोलीमा पर्यटनकर्मीहरू ऊर्जा तामाङ, दिनेश तामाङ, गगनराज न्यौपाने, सुरेन्द्र राना र अशोक सिलवाल सहभागि थिए।    

तामाङ, शेर्पा, क्षेत्री, बाहुनलगायत जातजातिको जीवनशैलीको सुवास पाइने पदमार्गका सबैतिर होटल तथा लज सुविधा नभएकाले ‘टि हाउस टे«किङ’ सम्भव छैन। क्याम्पिङ टे«क गर्नु पर्ने बाध्यता छ। पदमार्गका शिवपुरी अल्छे, मानेभञ्ज्याङ, बागमारा, सागरकुण्ड, छिर्केकुण्ड, गोसाइँकुण्ड र धुन्चेमा बास बस्नुपर्छ।

पदमार्गको सम्भाव्यता अध्ययन टोली । 

प्रकाशित: १ श्रावण २०७७ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App