coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

माउन्टेन इनर्जी नेपालले आइपिओ निष्कासन गर्दै

माउन्टेन इनर्जी नेपालले उद्योग प्रभावित क्षेत्रका सर्वसाधारणको लागि १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँको १९ लाख ६८ हजार २७ कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । आगामी आवको साउन ८ गतेदेखि आईपीओ निष्कासन गर्न कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआइएल क्यापिटललाई नियुक्त गरेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार नुवाकोट जिल्लाका तादी गाँउपालिका, पञ्चकन्या गाउँपालिका र लिखु गाउँपालिका अतिप्रभावितलाई ४० र म्याग्दी जिल्लाका अन्नपूर्ण गापा वडा नं. ४ (साविकको नारच्याङ गाविस) र प्रभावित क्षेत्रमा अन्नपूर्ण गाउँपालिकाका प्रभावितलाई ६० प्रतिशत सेयर छुट्टाइएको छ । 

उक्त सेयरमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएका छ । कम्पनीले आगामी अवाको साउन महिनाको २२ गतेसम्म र त्यो अवधिमा माग अनुसारको आवेदन नपरेमा ढिलोमा भदौ ५ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । 

प्रकाशित: ३१ असार २०७७ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App