१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आईतबार कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । कम्पनीका अन्य संचालकहरूमा श्री भरत कुमार तोदी, श्री जगदीशकुमार अग्रवाल, श्री अमितकुमार बेगानी तथा श्री सुन्दर प्रसाद कडेल थिए ।  

सञ्चालक समितिको आव २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७५/७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू, कम्पनीको आव २०७६/०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरूको बैठक भत्ता एवं अन्य सुविधाहरू निर्धारण तथा सर्वसाधारणका लागि शेयर९क्ष्एइ० निष्काशन गर्ने सामान्य प्रस्तावहरू पारित गरेको प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बताएका छन्।

साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीले २०७४ मंसिरदेखि जीवनबीमासम्बन्धि सेवाहरू प्रदानगर्दै हाल १०० वटा शाखा÷उपशाखा कार्यालयबाट आफ्नो कार्य संचालन गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी तीन अर्ब र जारी पूँजी दुई अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।

प्रकाशित: ३० असार २०७७ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App