१६ चैत्र २०८० शुक्रबार
अर्थ

सर्तसहित बैंकास्योरेन्स खुल्ने

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आवको मौद्रिक नीतिमार्फत सर्तसहित बैंकास्योरेन्स सञ्चालन गर्ने भएको छ । यसअघि सम्बन्धित बैंक तथा बीमा कम्पनीले मनोमानी रुपमा बैंकास्योरेन्स गराएको भन्दै उजूरी परेपछि राष्ट्र बैंकले रोक्ने निर्णय गरेको थियो ।

तर, आगामी आर्थिक वर्ष ०७७/०७८ को मौद्रिक नितीमार्फत ग्राहकको मञ्जुरी लिएर मात्र बैंकास्योरेन्स गर्न पाइने व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ । करिब एक वर्षअघिदेखि रोकिएको बैंकास्योरेन्सको उद्देश्य एउटै छानामुनीबाट बैंक र बीमाका सेवा बिक्री गर्नु हो ।

राष्ट्र बैंकका अनुसार ग्राहकको मन्जुरीबिना बैंकले बैंकास्योरेन्स गराउन थालेपछि राष्ट्र बैंकमा परेको उजुरीको आधारमा नयाँ व्यवस्था नहुञ्जेलसम्मका लागि बैंकास्योरेन्स बन्द गर्ने निर्णय भएको थियो । तर, आगामी आवको मौद्रिक नितीमार्फत बैंकास्योरेन्सका समस्या सम्बोधन गरी नयाँ ढंगले बैंकास्योरेन्स सञ्चालन गर्ने योजनामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित: ३० असार २०७७ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App