७ वैशाख २०८१ शुक्रबार
अर्थ

सिटिजन्स बैँकको ऋणपत्र नेप्सेमा सूचिकृत

सिटिजन्स बैँक इन्टरनेसनलले निष्काशन गरेको २ अर्ब ५० करोड बराबरको ऋणपत्र ‘१०.२५% सिटिजन्स बैँक ऋणपत्र २०८६’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । बिहीबार आयोजित एक विशेष समारोहका बीच उक्त समझदारी पत्रमा बैँकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए ।  

बैँकका अनुसार २ अर्ब ५० करोड बराबरको १ हजार रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता चालु आवको फागुन २० गतेदेखि चैत ४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जनकपुर केन्द्रीय कार्यालय रहेको ख वर्गको विकास बैँकले सहयोगी विकास बैँकलाई प्राप्ति गरी वि.स. २०७७ असार २० गते बाट एकीकृत कारोबार सुरु गरिसकेको छ ।  

सहयोगी विकास बैँकलाई प्राप्ति पश्चात बैँकको कुल शाखा संख्या १ सय ९ पुगेका छन् भने चुक्ता पूँजी करिब ९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बैँकले करिब ६ लाख ग्राहकलाई ९८ वटा एटिएमवुथ र १ सय ४ वटा शाखा रहित बैँकिङ्गमार्फत सेवाहरु प्रदान गर्दै आएको छ ।  

ग्राहक विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैँक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने लगायतका सुविधाहरु उपलब्ध गराउँदै आएको बैँकले जनाएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैँकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।

प्रकाशित: २५ असार २०७७ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App