७ वैशाख २०८१ शुक्रबार
अर्थ

सानिमा बैंक र आईएमएस ग्रुपबीच सम्झौता

सानिमा बैंक र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल बैंकिङ्. विभागका प्रमुख विक्रम श्रेष्ठ र आईएमएस ग्रुपकातर्फबाट ग्रुपका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गरेका थिए।  

सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबारमलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट डेबिट क्रेडिट कार्ड प्रयोग गरी ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबि प्रोटक्टस्आदि खरिद गर्दा ५ प्रतिशत छुट पाउँनेछन्।  

त्यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई १८ महिनासम्मको मासिक किस्ताबन्दी (ईएमआई) सेवा लिने सकिने सम्झौता भएको बैंकले जनाएको छ।  

प्रकाशित: १९ असार २०७७ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App