२५ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छ

खानेपानीमन्त्री प्रदीप यादवले देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा उनले सुदूरपश्चिमवासीका खानेपानीसम्बन्धी समस्याबारे जानकारी लिन आफू कैलाली आएको जानकारी दिए।

आम नेपालीलाई शुद्ध खानेपानीको पहुँचमा पुर्‍याउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उच्च प्राथमिकता दिएर तदनुरूप काम गरिरहेको मन्त्री यादवको भनाई रहेको थियो। 

मन्त्री यादवले ‘एक घर एक धारा’ को अवधारणालाई साकार पार्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे। पछिल्लो समय चुरे दोहन तथा जलवायु परिर्वतनका कारण पानीका मुहान सुक्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन्। चुरे दोहन गर्नेलाई कडा कारबाही गर्न जरुरी भएको पनि उनले जानकारी गराएका छन्। 

त्यस अवसरमा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रामबाबु पुरी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठलगायत सहभागीता रहेको थियो। रासस

प्रकाशित: २४ पुस २०८१ १२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App