coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

च्याउ खेतिमा वडाध्यक्ष

जुम्ला तिला गाउँपालिका २ का वडाध्यक्ष कलीबहादुर रावत एकाविहानै बाल्टीनमा च्याउ बोकेको अवस्थामा नजिकैको डुंडेली बजारमा भेटिन्छन् । हातमा दुइवटा बाल्टीनमा भरी च्याउ लिएर नजिकैको बजारमा बिक्री गर्नु उनको दैनिकी नै हो । विहान बेलुका च्याउ बेच्दै आएका उनी दिउँसो जनताको काममा समर्पित हुन्छन् ।  

उनले भने,‘ विहान घरबाट च्याउ लिएर बजारमा बच्छु । दिउँसो जनताको सेवा गर्छु ।’ उनले च्याउ बेच्न बजार तिर जाँदा खुसि महसुस हुने गरेको अनुभव सुनाउँछन् ।

वडाध्यक्ष रावत किसानका वास्तविक अभिभावक बनेका छन् । उनले च्याउखेति गर्न गाउँलेलाई हौस्याइरहेका छन् । किसानहरु उनले गरेको च्याउखेति हेर्ने र च्याउ खेति गर्ने विधि सिक्न दिनहुँ पुग्छन् ।  

यो अवधिमा ३० केजी च्याउ बेचेको उनी बताउँछन् । घरमा २८ वटा च्याउका बल्व बनाएका छन् । २८ बल्वबाट एक क्वीन्टल च्याउ बेच्ने लक्ष उनको छ । च्याउ प्रतिकेजी ३ सय रुपैयाँमा किनबेच भइरहेको छ । यहाँको रारा सीतानगर,डुंडेली,त्रिबेणी र कुडारी बजारमा च्याउ बेच्न जाने गरेका छन् ।

च्याउखेतिमा दुःख धेरै छ । तर मूल्य पनि धेरै छ । उत्पादित च्याउ बेच्दा हुने आम्दानीले सबै दु:ख हराउने गरेको छ । वडाध्यक्ष हुदैँमा आयआर्जन गर्न सकिने अवस्था छैन् । आयआर्जन त कृषि क्षेत्रमा संलग्न भएपछि मात्र गर्न सकिन्छ,‘उनले भने,‘अव राजनीतिलाई कृषिसंग जोड्न जरुरी छ ।’च्याउखेतिले पारिवारिक समृद्धि हासिल गर्न सकिने वडाध्यक्ष रावत बताउँछन् ।  

पाँच जनाको परिवारलाई च्याउ खेतिबाट पाल्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । च्याउखेति गर्दा घरखर्चको लागि कुनै समस्या छैन् ।उनको बारीमा अहिले स्याउँ बगैचा छ । टमाटर खेति गरिएको छ । स्याउ आफै सुर्खेत नेपांलगंजका बजार सम्म लैजान सकिने अवस्था छ ।  

कार्यकाल सकिएपछि व्यवसायीक रुपमा कृषि क्षेत्रलाई अघि बढाउने अठोट उनको छ । कृषिबाट निकै फाईदा छ । यो च्याउ कात्तिक महिना सम्म उत्पादन गर्न सकिने उनी बताउँछन् । वडाध्यक्ष रावत भन्छन्,‘जनप्रतिनिधि भइदैमा घरपरिवारको लालनपालन गर्न सकिने अवस्था रहँदैन । घरपरिवारको रोजिरोटीको लागि त ब्यवसायीक रुपमा कृषि खेति गर्न जरुरी छ ।’

धेरै जनप्रतिनिधि कृषि कार्य गर्न लजाउँछन् । कृर्षि तिर लाग्दा अपमानित महसुस गर्छन् । उनले थपे,‘माटो संग रमाउनु त सौभाग्य हो । खेतबारीमा किसानी कार्य गर्नु कुनै नराम्रो कार्य नभई सम्मानित कार्य हो । आगामी दिनमा खेतिबारी संग घुलमिल नहुने ब्यक्तिलाई राजनीतिमा निषेध गर्ने नीति ल्याउन जरुरी छ । ’

विहान बेलुकाको समय अन्नबाली तिर खर्च गर्दा आर्थिक अनियमितता गर्नु नपर्नेमा जोड दिन्छन् । जिल्लाका ६० वटा वडामा उनी एक कृषिप्रेमी वडाध्यक्ष समेत हुुन् ।

 

 

 

प्रकाशित: १५ असार २०७७ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App