खर्च कटौती गर्ने भन्दै बैंकहरुले यसअघि सञ्चालनमा आएका शाखा कार्यालय बन्द गर्न माग राखेकाबेला सिटिजन्स बैंक इन्टरनेशनलले नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले प्रदेश नम्वर १ को मोरङस्थित सलकपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षाका उपायहरू अननाई उक्त शाखा कार्यालयको उद्घाटन गरेको बैंकले जनाएको छ।
उक्त शाखाबाट सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघुकर्जा प्रदान गरिने बैंकले जनाएको छ। नयाँ सहित बैंकका शाखा कार्यालयको संख्या ९५ पुगेको छ।
समयोगी विकास बैंकसँग मर्ज भएको सिटिजन्स बैंकको हालको चुक्ता पूँजी करिब ९ अर्ब रुपैयाँ पुगेको छ। बैंकले हालसम्म करिब ७४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ।
प्रकाशित: १५ असार २०७७ १२:४७ सोमबार





