coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गण्डकीको बजेट : स्वास्थ्य, कृषि र पर्यटनमा प्राथमिकता

गण्डकी प्रदेश सरकारले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणसहित स्वास्थ्यमा र यसका अतिरिक्त कृषिलगायतलाई बजेटमा प्राथमिकता दिएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि कूल ३४ अर्ब ८४ करोड २१ लाख ६० हजारको बजेट प्रस्तुत गरेको छ । सरकारले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको छ ।         

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक स्रोत र साधन सुनिश्चित गरेको बताउँदै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गुणस्तरीय क्वारेन्टिनको निर्माण र सञ्चालन, संक्रमितको उपचारका लागि विशेष अस्पताल र आइसोलेसन कक्षको स्थापना र सञ्चालन आदिलाई प्राथमिकतामा राखिएको जानकारी दिए । सबै जिल्ला अस्पतालमा शय्या थप गरी सघन उपचारकक्ष स्थापना, पिसिआर परीक्षण, औषधि उपकरण खरिद तथा कोष स्थापनाका लागि र ६० करोड ४० लाख विनियोजन गरिएको छ ।      

प्रकाशित: ४ असार २०७७ ०८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App