१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेट सकरात्मक छ तर, कार्यान्वयन फितलो नहोस्ः बैंकर्स संघ

कोरोना महामारीले विश्व अर्थतन्त्र प्रभावमा परेको समय सरकारले गत आईतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ।  लगातार तीन वर्षदेखी मुलुकको बजेट प्रस्तुत गर्दै आएका मन्त्री खतिवडाले आगामी आवको बजेट केही निश्चीत क्षेत्रमा ‘फोकस’ गरेका छन्।  

कोभिड–१९ को संक्रमणका कारण मुलुक विगत ६९ दिनदेखी लकडाउन छ भने आर्थिक गतिविधी खुम्चीदै गएकाले आगामी आवको बजेटमा गर्दै स्वास्थ्य, कृषि, रोजगारी लगायत बैकिङ् क्षेत्र उच्च प्राथमिकतामा राखेको मन्त्री खतिवडाले बताएका छन्।  

सरकारले सार्वजनिक गरेको बजेटमाथि बैंक, वित्तीय संस्था लगायतका अन्य निजी क्षेत्रले कोरोनालाई प्राथमिकतामा राखी सार्वजनिक भएको आगामी आवको बजेट सकरात्मक रहेको प्रतिक्रिया दिएका छन्।  

कोभिड–१९ का कारण मुलुकको आर्थिक गतिविधीहरु खुम्चीदै गएको अवस्थामा सरकारले ‘हेल्दी बजेट’ ल्याएको नेपाल बैंकर्स संघको भनाई छ।  

कोरोनाको बिचमा सरकारले सार्वजनिक गरेको आगामी आवको बजेट तुलनात्मक रुपमा सकरात्मक रहेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए।  

‘वर्तमान परिस्थीती अनुसार बजेटको आकार र प्राथमिकताका क्षेत्र स्वागतयोग्य छन्’ उनले भने, ‘तर, सरकारका लागि अहिलेको अवस्थामा बजेटको श्रोत जुटाउनु तथा बजेट कार्यान्वयन चुनौतिपूर्ण छ।’

आगामी आवको बजेटका लागि वैदेशिक सहायत १ सय ३५ प्रतिशतले वृद्धि हुने लक्ष्य लिएको बताउँदै उनले विश्वव्यापी रुपमा महामारी फैलिरहेको अवस्थामा कसरी वैदेशीक सहयातामा वृद्धि हुन्छ ? भन्दै उनले प्रश्न गरे।  

आगामी आवको बजेटमा कृषि, रोजगारीका क्षेत्रमा सरकारले ठूलो बजेट छुट्याएको बताउँदै उनले कार्यान्वयन प्रभावकारी हुनुपर्नैमा जोड दिएका छन्।  

सरकारले हरेक आर्थिक वर्षमा नयाँ नयाँ योजना सार्वजनिक गर्दै आएपनि कार्यान्वयन पक्ष फितलो भएका कारण बजेट खर्च खुम्चिदै गएको उनले बताए।

सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउँदै उनले कार्यान्वयन गर्न स्वास्थय मन्त्रालयले प्रभावकारी रुपमा काम गर्नूपर्नै उनले जोड लिएका छन्।  

आगामी आवमा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरुलाई समेत विशेष प्राथमिकतामा राख्दै सरकारले आगामी आवको बजेटमा करिब एक दर्जन भन्दा बढी सेवा थप गरेकाले कोभिड–१९ विरुद्धको लडाईमा सहयोग पुग्ने सम्वन्धित वित्तीय संस्थाहरुले जनाएका छन्।  

संघका अनुसार सरकारले आगामी आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।  आगामी बजेटमा कोभिड–१९ वाट प्रभावित उद्योग, व्यवसायको पूनरुत्थान गर्न, नयाँ लगानी गरी प्रवद्र्धन गर्न तथा रोजागरीमा वृद्धि गरी उत्पादन वृद्धि गर्नै उदेश्यले बैंक, वित्तीय संस्था र बीमा कम्पनीको लागि ठुलो रकमको ‘प्याकेज’को व्यवस्था रहेको छ।  

सरकारले आगामी आवको बजेटमा बैंकिङ क्षेत्रमा करिब एक दर्जन बढी सेवा सुविधा थप गरेको नेपाल राष्ट्र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए।  

‘सरकारले वर्तमान परिस्थिती अनुसार सुहाउदो बजेट ल्याएपनि कार्यान्वयन पक्ष बलियो हुनुपर्छ’ उनले भने, ‘सैधान्तिक रुपमा यसअघिका बजेट पनि खुबै राम्रा थिए तर प्रभावकारी रुपमा कार्यान्वयन नभएका कारण चालु आवको बजेटको कूल पुँजीगत खर्चको करिब २८ प्रतिशत मात्र खर्च भएको हो।’

कागजमा मात्र चम्कीला योजना नभई व्यवहारमा लागु गर्नूपर्नै बताउँदै उनले उत्कृष्ट काम गर्नेलाई पूरुस्कार र गलत काम गर्नैलाई कडा कारबाही गर्नै परम्पराको सूरुवात नहुञ्जेलसम्म कार्यान्वय पक्ष बलियो नहुने उनले बताए।  

सरकारले कोरोना प्रभावित उद्योगी, व्यवसायीलाई ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। आगामी आवको बजेटमा एक खर्ब रुपैयाँको पुर्नकर्जा कोष र पर्यटन, साना तथा घरेलु उद्योगलाई ५० अर्ब रुपैयाँ बराबरको कोष स्थापना गर्नै व्यवस्था गरेकाले यी क्षेत्रमा प्रवाह भएको कर्जाले अर्थतन्त्रमा सुधार आउने उनले बताए।  

सहुलियतपुर्ण कर्जाको आकारमा वुद्धि गर्दै सरकारले आगामी आवको बजेटमा हरेक वाणिज्य बैंकका शाखा कार्यालयवाट १० जनालाई सहुलियतपूर्ण कर्जा दिनुपर्नै व्यवस्था गरेको छ। त्यसैगरी, विकास बैंकको हकमा हरेक शाखा कार्यालयले पाँच जनालाई सहुलियतपूर्ण कर्जा दिनुपर्नैछ।  

आगामी आवमा बैंक वित्तीय संस्थालाई गाभ्ने कामलाई निरन्तरता दिइएको छ भने विदेशी लगानी भित्र्याउन बाटो खुला भएको सिइओ श्रेष्ठले बताए।  

त्यसैगरी, विद्युतिय माध्यमवाट हुने भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको बताउँदै उनले आगामी आवमा सरकारी तथा निजी क्षेत्रको भुक्तानी विद्युतिय माध्यमवाट हुने भएको छ।  

नयाँ व्यवस्था अनुसार आगामी आवमा बैंक वित्तीय संस्थालाई विदशेबाट ऋण ल्याउन सहज भएको छ भने ‘नेशनल गेटवेय पेईमेन्ट सिम्टम’ लागु हुने भएकाले आगामी आवको बजेट बैंकिङ् क्षेत्रका लागि फलदायि हुने उनले बताए।  

सरकारले बैंक वित्तीय संस्था मात्र नभई जीवन तथा निर्जीवन बीमा कम्पनीलाई समेत प्राथमिकतामा राखेको बताउँदै बीमा समितीका अध्यक्ष चिरञ्जीवि चापागाँईले आगामी आवको बजेट स्वागतयोग्य रहेको बताए।  

सरकारले बीमा क्षेत्रका लागि ठुलो रकम छुट्याएको बताउँदै उनले आगामी आवमा बिमाको पहुँचमा वृद्धि हुने समेत बताए। सरकारले बिमाको दायरा बढाउन घुम्ती बीमा कार्यक्रम सञ्चालन गर्ने र कृषि बीमाको पहुँच बढाउँने योजना लिएकाले बीमा कम्पनीलाई कोभिड–१९ विरुद्ध लडन सहयोग पुग्ने उनले बताए।

 

प्रकाशित: १८ जेष्ठ २०७७ १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App