९ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

विकास बैंक खारेजीको निवेदन अदालतमा

काठमाडौं, असार २०-नेपाल विकास बैंकलाई खारेज गर्न माग गर्दै राष्ट्र बैंकले शुक्रबार पुनरावेदन अदालत पाटनमा निवेदन दिएको छ।

राष्ट्र बैंकले तत्काल लिक्विडेटर नियुक्त गरि बैंक खारेजीको लागि प्रकृया अघि बढाउन समेत माग गर्दै अदालतमा निवेदन दिएको हो। बैंकलाई तत्काल खारेज नगर्दा यसमा निक्षेपकर्ता झनै जोखिममा पर्ने दावी गर्दै राष्ट्र बैंकले खारेज गर्न माग गरेको हो।

राष्ट्र बैंकका गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले पेश गरेको निवेदनमा बिशेष प्रकृती र सार्वजनिक सरोकार एवं वित्तिय क्षेत्रमा प्रत्यक्ष सरोकार राख्ने भएकोले छिटो कारवाही गर्न पनि माग गरिएको छ। विकास बैंकको सम्पूर्ण सपत्ति समेत रोक्का गर्न पनि राष्ट्र बैंकको निवेदनमा आग्रह गरिएको छ।

ठिक एक महिनाअघि बसेको राष्ट्र बैक साचालक समितिको बैठकले विकास बैंकलाई खारेज गर्ने प्रकृया अघि बढाएको थियो। खारेजीमा लैजानु अघि स्पष्टीकरण लिनुपर्ने प्रावधान अनुसार विकास बैंकसँग लिखित स्पष्टीकरण राष्ट्र बैंकले लिएको थियो।

विकास बैंकले खारेज नगर्न आग्रह गर्दै सुधारको लागि असोजसम्म समय मागेको थियो। बैंकले हकप्रद सेयर जारी गरि पूँजी बढाउने गैर बैकिङ सम्पत्ति विक्री गर्ने लगायतका स्पष्टीकरण दिएको थियो। यो मागलाई राष्ट्र बैंकले अस्विकार गरेर असार ८ गते बसेको राष्ट्र बैंक साचालक समितिको बैठकले अदालत जाने निर्णय गरेको हो।

अदालतले राष्ट्र बैंकको माग अनुसार निर्णय गर् यो भने लिक्विडेटर नियुक्ती प्रकृया सुरु हुन्छ। त्यसपछि सम्पत्ति मूल्यांकनको काम सुरु हुन्छ।

सम्पत्ति विक्री गरेपछि सुरुमा लिक्विडेटरको खर्च भुक्तानी दिइनेछ। त्यसपछि कर्मचारीको दिन बाँकी तलब भत्ता र त्यसपछि बाँकी रहेका बचतकर्तालाई रकम फिर्ता दिइनेछ। बैंक खारेजीमा लैजान स्पष्टीकरण सोध्ने निर्णय गरेको भोलीपल्टदेखिनै बैंकको सम्पूर्ण खाता राष्ट्र बैंकले नियन्त्रणमा लिएको छ।

विगत एक महिनादेखि निक्षेपकर्ताले रकम झिक्न पाएका छैनन्। सर्वसाधारणले छिटो निर्णयमा पुगेर आफ्नो रकम निकाल्न माग गर्दै आएका छन्।

बैंक खारेजीमा लैजाने निर्णयसँगै ठूला निक्षेपकर्ताहरु कर्मचारी साचय कोष र नेपाली सेनाको कल्याणकारी कोषले पहिलो प्राथमिकता पाउनुपर्ने दावी गर्दै आएका छन्। साचय कोषले ३३ करोड र सेनाको कल्याणकारी कोषले १८ करोड रुपैयाँ राखेको छ।

यो बैंकमा तीनहजार सर्वसाधारणको २१ करोड रुपैयाँ निक्षेप छ। उनीहरुले बढी व्याज दिने र टेलिभिजन उपहार पाइने आशामा निक्षेप जम्मा गरेका थिए।

झण्डै दुई वर्ष अघिनै राष्ट्र बैंकले यो बैंकलाई संकटग्रस्त घोषणा गरेको थियो। यो बैंकको कुल नोक्सानी ६८ करोड ८६ लाख रुपैयाँ छ।

प्रकाशित: १९ असार २०६६ २१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App