१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कम्प्लेक्स बुकिङ उत्साहजनक

काठमाडौं – महर्जन बिजनेस एसोसिएट प्रालिले काठमाडौंको न्युरोडमा निर्माण गरिरहेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’को २१ वटा कबल बुकिङ भएको छ। बुकिङ खुला गरेको एक सातामै सो संख्यामा बुकिङ भएको कम्पनीको भनाइ छ।

काठमाडौं उपत्यका, देशका प्रमुख सहर र विदेशमा रहेका नेपालीसमेतले स्पेस बुकिङ गरेको प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनले बताए। उक्त कम्प्लेक्सलाई संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेका कारण विदेशमा रहेका केही नेपालीले बुकिङ गरेको र अरु थुप्रैले चासो राखेर सोधखोज गरिरहेको महर्जनको भनाइ छ।

युनेस्कोले २२ नोभेम्बर २०१७ को एक पत्रमा उक्त कम्प्लेक्सको ‘नियो क्लासिकल’ (नवपारम्परिक) स्वरुपको तारिफ गरिएको छ। युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दोजुल्दो भनिएको छ। कम्पनीले गत साता ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको कम्प्लेक्सको स्पेस बिक्रीका लागि विज्ञापन गरेको थियो। लोन्ली प्लानेट, ट्रिप एडभाइजरजस्ता विश्वविख्यात पर्यटनसम्बद्ध संस्थाहरुले संसारका घुम्नैपर्ने सहरको सूचीमा राखेको काठमाडौंको केन्द्र भागमा रहेकाले उक्त कम्प्लेक्समा स्पेस किन्न लगानीकर्ता उत्साहित भएको महर्जनको भनाइ छ।

‘काठमाडौंको इन्द्रचोक, न्युरोड जस्ता ठाउँ नेपालको मात्र होइन विश्वकै गन्तव्य हो। त्यस्तो ठाउँमा सम्पत्ति जोड्ने चाहना जो कोहीमा हुन्छ। एकपटक पुग्दा मात्रै त चित्त बुझ्ने ठाउँमा आफ्नै सम्पत्ति छ भन्न पाउनु एउटा नेपालीका लागि गर्वको विषय पनि हो,’ महर्जन भन्छन्, ‘छोटो अवधिमै यति धेरै संख्यामा कबल बुकिङ हुनुको पछाडि यही नै मुख्य कारण हो।’ पाँच दर्जन कबल रहेको कम्प्लेक्सका दुई तिहाइ कबल मात्र बिक्री गर्ने प्रवद्र्धकको योजना छ। कम्पनी अध्यक्ष महर्जनले आफूहरुप्रति देखाएको विश्वासका लागि सम्पूर्ण बुकिङकर्ता र चासो राख्ने व्यक्तिहरुप्रति कृतज्ञता ज्ञापन गरेका छन्।
 

प्रकाशित: २१ चैत्र २०७५ ०६:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App