१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मनकामना केबुलकार २१ वर्षमा

चितवन – मनकामना केबुलकारले एक करोड ३९ लाख २५ हजार तीन सय तीनजना यात्रुलाई सेवा दिएको छ । केबुलकारले २० वर्षको अवधिमा यति यात्रुलाई सेवा दिएको मनकामना दर्शन प्रालिका प्रबन्धक डिएन कायस्थले जानकारी दिए । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित मनकामना केबुलकार २१ वर्षमा प्रवेश गरेको छ।

सन् १९९८ नोभेम्बर २३ मा केबुलकार सेवा सुरु भएको हो । चितवन कोई समूह अन्तर्गतको मनकामना दर्शन प्रालिलाई ट्रिप एड्भाइजरले २०१८ का लागि उत्कृष्ट सेवाको प्रमाणपत्र दिएको छ । प्रालिले यसअघि तीनपटक उत्कृष्ट सेवाको प्रमाणपत्र पाइसेकेको छ । केबुलकारको १० मिनेटको यात्रामा चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिर पुग्न सकिन्छ।

मनकामना दर्शनले देशका अन्य पर्यटकीय क्षेत्रमा पनि केबुलकार बिस्तार गर्ने योजना ल्याउन लागेको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठ बताउँछन्। यो कमपनी चितवन र गोरखामा रहेका ऐतिहासिक र धार्मिक स्थलको पर्यटकीय विकासमा सहभागी हुने उनले बताए।

प्रकाशित: १० मंसिर २०७५ ०४:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App