नवलपरासी – पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा ८ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ।
छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा १ करोड १८ लाख ६३ हजार र असारमा ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ।
आव २०७३–७४ मा ५ करोड राजश्व संकलन भएको थियो। आव २०७३–७४ को तुलनामा आव २०७४–७५ मा ३ करोड ६९ लाख, ८६ हजार बढी राजश्व संकलन भएको थियो। सरकारले केही दिनअघि साउन १ गतेदेखि लागू हुने गरी उक्त छोटी भन्सारलाई मूल भन्सारका रुपमा स्तरोन्नति गरेको थियो। (रासस)
प्रकाशित: ४ श्रावण २०७५ ०८:४८ शुक्रबार