१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

आठ अंकले बढ्यो शेयर बजार

काठमाडाैं- बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ। 

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७६ बिन्दुले उकालो लागेको छ। कूल १७० कम्पनीको छ लाख ६७ हजार ४३४ कित्ता शेयर रु १९ करोड ३८ लाख २६ हजार ४१० मूल्यमा खरिद बिक्री भएको छ। 

स्टकका अनुसार नेप्से परिसूचक बढे पनि कारोवार रकम भने आज बढ्न सकेन । बीमा ४३.४९, होटल ४०.६६ र उत्पादन समूह ९.३८ बिन्दुले बढेको छ। यस्तै बैंकिङ ७.८५, व्यापार ०.१७, विकास बैंक ७.७१, जलविद्युत् १०.७८, अन्य १.९ र माइक्रोफाइनान्स समूह ६.५५ बिन्दुले बढ्दा वित्त क्षेत्र भने १.५७ बिन्दुले घटेको छ। रासस

प्रकाशित: ३१ असार २०७५ १०:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App