८ वैशाख २०८१ शनिबार
अर्थ

घलेम्दी खोला जलविद्युतको ५ करोड ५० लाखको आइपिओ आउने

म्याग्दी– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाको आइपिओ निष्कासनका लागि स्वीकृति पाएको छ। कम्पनीलाई स्थानीय बासिन्दाको लागि ५ करोड ५० लाख बराबरको ५ लाख ५० हजार कित्ता शेर आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति दिइएको आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए। उनका अनुसार आयोजनाको करिव ९२ प्रतिशत काम सकिएको छ। आयोजनाका पावरहाउस, पेनस्टक पाइप, ‘सर्ज टयाङ्क’को काम तिब्र गतिमा अगाडि बढेको छ। 

आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेन्डर बेसिनको काम सकिएको अवस्थामा आइपीओ निष्कासनका लागि स्वीकृति प्राप्तले थप सहज भएको बताए। निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक वि.स २०७१ सालबाट निर्माण थालिएको आयोजनाको विद्युतगृहमा मेसिन जडान अन्तिम चरणमा पुगेको छ। सय मिटर सुरुङ जोडिएपछि दुवैतर्फ फिनिसिङको काम भइरहेको छ। आगामी असोज महिनाभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। घलेम्दी खोलाको धार परिवर्तन गरी दुवै तर्फबाट निर्माण कार्य सम्पन्न भएपछि लगानीकर्ता समेत उत्साहित भएका छन्। अन्नपूर्ण हिमालको फेदमा अवस्थित घलेम्दी म्याग्दीमा निजी क्षेत्रबाट जलविद्युत उत्पादन गर्ने पहिलो आयोजना हुने भएको छ। 

सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिन्छ। ३८ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा १३ सय जना संस्थापक सेयर रहेका छन भ ने वित्तिय संस्थाबाट ५५ करोड कर्जा लिएको छ। घलेम्दी खोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत प्राधिकरणले खरिद गर्नेछ। वार्षिक साढे १८ करोड रुपैयाँ बरावरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने जनाइएको छ।

घलेम्दीबाट उत्पादन गरिएको विद्युत केन्द्रिय प्रसारण लाइनमा जोडिन तत्काल भएको क्षमता भएकाले पनि खेर जाँदैन्। अन्नपूर्ण गाउँपालिकाकै दाना सवस्टेसन निर्माणधिन अवस्थामा रहेकाले परीक्षण उत्पादनलाई केन्द्रिय प्रसारण लाइनमा जोड्न अहिले भएको क्षमताले पुग्ने भएकाले परीक्षण लगत्तै ब्यवसायिक उत्पादन गरिने छ। घलेम्दीको विक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ। 

प्रकाशित: ७ असार २०७५ १३:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App