२१ माघ २०८२ बुधबार
image/svg+xml
अर्थ

सोनापुरले बक्यौता तिर्‍यो, बिजुली जोडियो

दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल्स एण्ड आयलले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ। मंगलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ।  

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो। उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ।

प्रकाशित: २६ कार्तिक २०८२ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App