१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

विश्व व्यापार संगठनका प्रतिनिधिसँग मन्त्री भण्डारीको शिष्टाचार भेट

नेपालको तेस्रो व्यापार नीति समीक्षासम्बन्धी छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठन (डब्लुटीओ) का प्रतिनिधि माशिहिरो हायाफूजीबिच शिष्टाचार भेट भएको छ। भेटका क्रममा नेपालको तेस्रो व्यापार नीति समीक्षासम्बन्धी छलफल भएको छ।  

उक्त भेटमा नेपालको हालको व्यापार नीतिको निरन्तर सुधार, निर्यात प्रवर्धन, लगानी मैत्री वातावरण निर्माण तथा डब्लुटीओसँगको सहकार्यका विषयमा छलफल भएको छ। विशेष गरी नेपालको व्यापारको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी उपस्थिति जनाउने उपायहरूबारे छलफल भएको हो।

भेटघाटमा नेपालको व्यापार नीति अझ प्रभावकारी बनाउने, विदेशी लगानीलाई आकर्षित गर्ने, युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने तथा वस्तु र सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सघाउने अपेक्षा गरिएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ।

प्रकाशित: २४ असार २०८२ १५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App