२९ असार २०८२ आइतबार
image/svg+xml
अर्थ

कर्णाली प्रदेशको बजेट सर्वसम्मतले पारित

कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित गरेको छ।  

बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १४१ को उपनियम १२ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहलाई आगामी आर्थिक वर्ष २०८२/८३ को समग्र बजेट पारित गरियोस् भनी सभामा प्रस्ताव गर्न समय दिएका थिए।  

योजनामन्त्री शाहले कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावसँगै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित भएको सभामुख गुरुङले घोषणा गरेकी हुन्।  

बैठकमा मन्त्री शाहले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयअन्तर्गत अर्थ वित्तीय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनाहरूमा विनियोजन गरी कार्यान्वयन गर्न प्रदेशसभामा विशेष प्रस्ताव पेस गरेका थिए।  

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले असार १ गते ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको थियो। कुल विनियोजित बजेटमध्ये चालूतर्फ सात अर्ब ७९ करोड ९१ लाख एक हजार (२३.६४ प्रतिशत) र पूँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६०.५५ प्रतिशत) बजेट सरकारले विनियोजन गरेको छ।

प्रकाशित: २१ असार २०८२ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App