२८ असार २०८३ आइतबार
image/svg+xml
बजार

नेपालकै शक्तिशाली TVS Apache RTR 160 4V सार्वजनिक, प्रविधि र रेसिङ प्रदर्शनमा नयाँ मापदण्ड

विश्वस्तरमा ख्यातिप्राप्त दुई र तीन पाङ्ग्रे सवारी साधन निर्माता TVS मोटर कम्पनी (TVSM) ले नेपालमा पूर्ण रूपमा नयाँ TVS Apache RTR 160 4V सार्वजनिक गरेको छ।

काठमाडौँको सतुंगलमा आयोजित एक विशेष कार्यक्रमका बिच यो नेपालकै सबैभन्दा शक्तिशाली १६० सीसी बाइक बजारमा ल्याइएको हो।

नयाँ बाइक सार्वजनिक कार्यक्रममा मिडियाकर्मी, अटोमोबाइल समीक्षक, इन्फ्लुएन्सर र बाइक प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

यस नयाँ मोटरसाइकलमा सेग्मेन्टमै पहिलो पटक प्रोजेक्टर हेडल्याम्प, ३७ एमएमको अपसाइड डाउन (USD) सस्पेन्सन र ५ इन्चको TFT क्लस्टर जस्ता अत्याधुनिक सुविधाहरू प्रस्तुत गरिएको छ।

यसमा १५९.७ सीसीको शक्तिशाली इन्जिन रहेको छ, जसले स्पोर्ट मोडमा 17.55 PS शक्ति प्रदान गर्दछ। राइडरको सुरक्षा र सहजताका लागि यसमा ड्युअल-च्यानल ABS र तीन वटा राइड मोडहरू (स्पोर्ट, अर्बन र रेन) समावेश गरिएका छन्, जुन यस श्रेणीमै पहिलो पटक उपलब्ध गराइएको हो।

लन्चका अवसरमा TVS मोटर कम्पनीका इन्टरनेशनल बिजनेस प्रेसिडेन्ट पेम्यान कारगरले युवा र गतिशील राइडरहरूका कारण नेपाल आफ्नो कम्पनीका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण बजार रहेको बताए। त्यसैगरी नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालले यो नयाँ बाइकले नेपालका युवा राइडरहरू माझ आफ्नो पकड अझ बलियो बनाउने र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।

नेपाली बजारमा यो मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु गरी तीन आकर्षक रङहरूमा उपलब्ध गराइएको छ।

हाल नेपालका छानिएका डिलरशिपहरूमा उपलब्ध भइसकेको यो बाइक जुलाई २०२६ सम्ममा देशभरको नेटवर्कमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

नेपालमा यस परिमार्जित TVS Apache RTR 160 4V TFT को एक्स-शोरूम मूल्य रु. ४,२९,९००/- तोकिएको छ।

प्रकाशित: १५ असार २०८३ १२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App