बजार परिसूचक नेप्सेमा बुधबार दोहोरो अंकको सुधार देखिएको छ । कारोबार हुने साताको चौथो दिन आज नेप्से ३४.४२ अंक बढेर २६९४.८२ विन्दुमा पुगेको छ। यो लगातार तीन कारोबार दिनको वृद्धि हो ।
बुधबार सेन्सेटिभ इण्डेक्स ५.५२ अंक, फ्लोट इण्डेक्स २.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक बढेको छ।
बुधबार कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार ७ अर्ब ३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा बुधबार २ अर्ब ७० करोड रुपैयाँले बढेको छ । बुधबार ३१७ स्टकको ८९ हजार ४६८ पटकको कारोबारमा ९ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपैयाँबराबरको ३ करोड १ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
ग्रीन डेभलपमेन्ट बैंक र खानी खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने नेपाल इन्स्योरेन्सको शेयरमूल्य करिब १० प्रतिशत र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ९ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चरको मूल्य यस दिन ३।७३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ५५ करोड ५३ लाख २ज्ञ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। साहस उर्जाको करिब साढे ४९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।
आज १३ वटै उपसमूहका परिसूचक बढेका छन्। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २।८३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, वित्त, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
प्रकाशित: १८ असार २०८२ १५:४१ बुधबार





