१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन

गत वर्षको भन्दा ८८ अर्ब बढी

चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो ।

गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो । अहिले संकलित राजस्व लक्ष्यको ८३।२२ प्रतिशत हो । चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको जेठ महिनामा ८५ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

प्रकाशित: १ असार २०८२ १७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App