मुलुकमा उत्पादन हुने वस्तु विदेशबाट आयात भइरहेको भए पनि सरकारले कृषि क्षेत्रको उत्पादन वृद्धि गर्नका लागि बजेट बढाउन सकेको छैन ।
मुलुक उत्पादित खाद्यवस्तुले अपुग भएर विदेशबाट चामल आयात भइरहेको अवस्थामा सरकारले धान उत्पादन बढाउने रणनीति त लिएको छ । तर, चालु आवमा भन्दा १९ करोड रुपैयाँ मात्र बजेट बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेले आगामी आर्थिक वर्ष २०८२/८३का लागि कृषि तथा पशुपन्छी क्षेत्रका लागि कुल ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ । चाल आर्थिक वर्ष २०८१/०८२ को बजेटमार्फत कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए ।
प्रकाशित: १५ जेष्ठ २०८२ १६:१० बिहीबार





