सरकारले स्टार्टअप उद्यमीलाई सहुलियत ऋण उपलब्ध गराउने भएको छ। त्यसका लागि ७३ करोड विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
बिहीबार (आज) आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले भने, 'स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य शृङ्खलामा आबद्ध गर्न सहुलियतपूर्ण कार्यक्रम विस्तार गरेको छु।'
त्यसका लागि तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने उनले बताए।
प्रकाशित: १५ जेष्ठ २०८२ १५:४६ बिहीबार





