२५ माघ २०८२ आइतबार
image/svg+xml
राजनीति

गगनलाई आधिकारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस

नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाट सभापति गगन थापालाई आधिकारिक रूपमा आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले शुक्रबार केन्द्रीय कार्यालय सानेपामा पहिलो पटक बैठक बसेर सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न लागेको हो।  

नवनिर्वाचित केन्द्रीय समितिले शुक्रबार नै केन्द्रीय कार्यालय जाने तयारी पनि गरेको छ। भोलि दिउँसो १ बजे केन्द्रीय कार्यालय जाने र त्यही बैठक बस्ने तयारी गरेको एक नेताले जानकारी दिए।  

हालसम्म १४ औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको नियन्त्रणमै केन्द्रीय कार्यालय छ। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता नदिएपछि देउवा नेतृत्वको समिति सर्वोच्च अदालत पुगेको छ। अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि मुद्दालाई अग्राधिकार भने दिएको छ।  

थापा नेतृत्वको कार्यसमितिले यसअघिका बैठकहरू होटेलमै बसेर गर्दैआएको थियो।

प्रकाशित: ८ माघ २०८२ १३:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App