२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसका सबै गुट भत्किए : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेसका सबै गुट भत्किएको दाबी गरेका छन्। बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री घिमिरेले विशेष महाधिवेशनपछि कांग्रेस भित्रका पुराना सबै गुट भत्किएको दाबी गरेका हुन्।

महामन्त्री घिमिरेले पुराना गुटहरू भत्किएर यतिबेला सिंगो कांग्रेस बनेको भनाइ राखे। उनले कांग्रेस शुद्धीकरण भएर एकढिक्का भएको दाबी गरे। घिमिरेले भने, ‘कांग्रेसका पुराना सबै गुट भत्किएर प्युरिफिकेसन भएको छ। कांग्रेस एक ढिक्का भएको छ। अब, हामी सबै नेपाली कांग्रेस भएका छौं।’ घिमिरेले कांग्रेसमा कुनै विवाद नभएको दाबीसमेत गरेका छन्।

घिमिरेले माघ ९ गते पार्टी सभापति गगनकुमार थापाले पदबाहली गर्ने जानकारी दिए।  

एक वर्षभित्र १५ औं महाधिवेशन  

घिमिरेले कांग्रेसको १५ औं महाधिवेशन निर्धारित समयमा नहुने बताएका छन्। उनले निर्धारित समयमा महाधिवेशन सम्भव नभएकाले आगामी पुसमा कांग्रेसको १५ औं महाअधिवेशन हुने जानकारी दिए। घिमिरेले भने, ‘निर्धारित समयमा महाधिवेशन सम्भव हुने अवस्था छैन। त्यही कारण अबको एक वर्षभित्र २०८३ को पुस महिनामा नियमित महाधिवेशन हुन्छ।’

घिमिरेले नोपली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा १ सय १० सिट जित्ने दाबी पनि गरे। उनले कांग्रेसको बिरासतका रूपमा रहेको मोरङ क्षेत्र नम्बर ४ मा केही वर्षदेखि गुमेको बिरासत यस पटक फर्काउने दाबी पनि गरे। उनले भने, ‘यस पटक मोरङ क्षेत्र नम्बर ४ मा गुमेको कांग्रेसको बिरासत फर्कन्छ।’

घिमिरे कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्रीमा विजयी भएपछि घिमिरे पहिलोपटक विराटनगर आएका हुन्। घिमिरे विराटनगर आउँदा विराटनगर विमानस्थलमा कांग्रेसका नेता कार्यकर्ता र सुभेच्छुकहरूको भिड लागेको थियो।

प्रकाशित: ८ माघ २०८२ १४:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App