अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा पेस गरेको आर्थिक सर्वेक्षण ०८१/०८२ मा विद्यालय तहमा विद्यार्थीको टिक्ने दर बढेको उल्लेख छ।
शैक्षिक सत्र ०८१/०८२ मा कक्षा ८ सम्मको टिक्ने दर ८६.५ प्रतिशत, कक्षा १० सम्मको टिक्ने दर ६६.९ प्रतिशत र कक्षा १२ सम्मको टिक्ने दर ४०.६ प्रतिशत छ।
गत शैक्षिक सत्र ०८० मा भने कक्षा ८ सम्मको टिक्ने दर ८६.२ प्रतिशत, कक्षा १० सम्मको टिक्ने दर ६९.९ प्रतिशत र कक्षा १२ सम्मको टिक्ने दर ३७.२ प्रतिशत थियो। कक्षा १० सम्मको टिक्ने दर शैक्षिक सत्र ०८० को तुलनामा ०८१ मा ३ प्रतिशतले घटेको छ।
प्रकाशित: १५ जेष्ठ २०८२ १५:२३ बिहीबार




