१९ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

तमोर जलाशययुक्त आयोजनाबारे काठमाडौंमा छलफल

७५३ मेगावाट क्षमताको तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनालाई विगतमा भएका कामको समीक्षासहित नयाँ ढंगले अघि बढाउने बारे मंगलबार काठमाडौंमा उच्चस्तरीय छलफल भएको छ ।  

प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका अनुसार उर्जामन्त्री दीपक खड्काको संयोजनमा भएको छलफल विगतमा भएका कामको समीक्षासहित नयाँ ढंगले कार्यान्वयन अघि बढाउने बिषयममा केन्द्रित रहयो । उनका अनुसार छलफलमा तमोर जलाशययुक्त बहुउद्देश्यीय आयोजनामा लगानीको ढाँचा सुनिश्चित गर्ने, तीन तहको सरकार र जनस्तरबाट सामूहिक पहल गर्ने र बिदेशी लगानीको सम्भावना खोजी गर्ने लगायतका विषयमा छलफल भएको छ ।  

छलफलमा उर्जामन्त्री खड्का, ताप्लेजुङ, तेह्रथुम र धनकुटाबाट प्रतिनिधित्व गर्र्ने प्रतिनिधिसभा सदस्यहरु, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, उर्जा मन्त्रालयका सचिव र विद्युत प्राधिकरणका महानिर्देशक सहितको सहभागिता थियो । आयोजनामा क्षेत्रमा पुनर्वास न्यून रहेको र सडक पहुँच सहज भएकाले कम लगानीमा धेरै र छिटो प्रतिफल दिने आयोजनाको रुपमा तमोर जलाशययुक्त आयोजनालाई हेर्ने गरिएको छ ।  

मोरङको चिसाङमार्फÞत झापा, मोरङ र सुनसरीको खेतियोग्य जमिनमा सिंचाई सुविधा पु¥याउन सकिने तथा जल यातायात सेवा समेत सञ्चालन गर्न सकिने भएकोले तमोर जलाशययुक्त आयोजनालाई बहुउद्देश्यीय आयोजनाको रुपमा हेरिएको छ । 

प्रकाशित: ६ जेष्ठ २०८२ १७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App