३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
अर्थ

भक्तपुर महोत्सव : तीन लाखले गरे अवलोकन

'नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत' भन्दै आयोजित भक्तपुरमा महोत्सव तीन लाख वढीले अवलोकन गरेका छन्। 

भक्तपुर सल्लाघारीको तीनकुनेस्थित चौरमा गत चैत २८ देखि आइतबारसम्म सञ्चालन भएको महोत्सवमा तीन लाख वढीले अवालेकन गरेको आयोजकले जनाएको हो ।

आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उत्साहजनक अवलोकनकर्ता भएको जानकारी गराए । नवौं भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१÷०८२ भक्तपुरमा ११ दिनसम्म संचालन भएको थियो ।

महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, भाडाकुडाको साथै बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु रहेका थिए ।  

औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री भएका थिए । मोवाइल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु थिए ।

महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सवस्थलमा स्थानीय हस्तकला, कृषि उत्पादनलाई समेत समावेश गरिएको थियो ।  

महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस समेत संचालन गरिएको थियो ।  

पर्यटकीय गतिविधि, स्थानिय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहेका थिए । राष्ट्रियस्तरका कलाकारहरुको हाँस्यव्यङ्गय तथा फेशन ¥याप तथा नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बनाएको थियो ।  

मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो । महोत्सवमा १ सय ५० स्टल रहेको संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिए । 

महोत्सव अवलोकनका लागि रु.५० र रु. ८० प्रवेश शुल्कको व्यवस्था गरिएको थियो । यद्यपि विद्यार्थीलाई ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको थियो । साथै वैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । 

प्रकाशित: ७ वैशाख २०८२ १९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App