१२ माघ २०८२ सोमबार
image/svg+xml
अर्थ

अर्थमन्त्रीको दाबी- अर्थतन्त्र सुध्रिँदैछ

अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुध्रिँदै गरेको दाबी गरेका छन्। आइतबार (आज) सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरूसँग उनले यस्तो दाबी गरेका हुन्। 'अर्थतन्त्र सुध्रिँदैछ, लयमा फर्किँदैछ,' उनले भने।

 लक्ष्यमा पुग्न नसके पनि सन्तोषजनक आर्थिक वृद्धि भइरहेको भनाइ अर्थमन्त्री पौडेलको छ। 'हाम्रो देशमा अनेकन् प्रकारका समस्याहरू छन्। त्यसको समाधानका लागि सरकारले काम गरिरहेको छ। सरकार जनतासँग जीवन्त सम्बन्ध बनाएर काम गर्न चाहन्छ। त्यसकै जगमा उभिएर तमाम समस्या समाधान गर्ने हाम्रो लक्ष्य छ, त्यसका लागि आवश्यक काम गरिरहेको छ सरकारले,' उनले भने।

उनले सरकारले अर्थतन्त्र निर्माणमै काम गरिरहेको पनि बताए। आगामी बजेटका लागि आवशयक छलफल भइरहेको उल्लेख गर्दै उनले भने, 'अबको बजेट समग्रतामा आउँछ, त्यसमा पनि विभिन्न खाले आर्थिक रूपमा देखिने समस्याहरूको समाधान दिनेगरी बजेट आउँछ।'

प्रकाशित: ७ वैशाख २०८२ १७:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App