५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अर्थ

एसबिआई बैंकद्वारा वृद्धवृद्धालाई सामग्री प्रदान

नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रमका ६४ जना वृद्धवृद्धालाई सामग्री प्रदान गरेको छ।

बैंकले वृद्धवृद्धाहरूलाई न्यानो कपडा, ब्ल्याङकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्यानो चप्पल लगायतका अत्यावश्यक सामग्री प्रदान गरेको जनाएको छ।

यस किसिमको पहलबाट बैंकले आश्रमका वृद्धवृद्धाहरूको तत्काल आवश्यकताहरू पूरा गर्ने लक्ष्य राखेको छ।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, रामकुमार तिवारीले समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिकी प्रमुख, शशी पौडेललाई औपचारिक रूपमा सहयोग सामग्रीहरू हस्तान्तरण गरेका थिए।

प्रकाशित: १२ माघ २०८२ १२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App