वि.सं. २०८२ को सुरुवातसँगै स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ। यसअघि गत वर्ष एक लाख ८६ हजार पुगेर कीर्तिमान बनाएको सुन यस वर्ष घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
महासंघका अनुसार आज सुन एक लाख ८४ हजार तीन सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। चाँदी यसअघि एक हजार ९६० रुपैयाँ पुगेको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ।
प्रकाशित: २ वैशाख २०८२ ११:१० मंगलबार





