१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
अर्थ

दुलेगौडा-हर्कपुर मार्ग : ट्र्याक खुलेको ३१ वर्षपछि कालोपत्र गरिँदै

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ। शुक्लागण्डकी नगरपालिकाले रु दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए। नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उनले बताए। रासस

प्रकाशित: २८ चैत्र २०८१ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App