१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

बरुवा झोलुंगे पुलमुनि अज्ञात पुरुष मृत फेला

सदरमुकामस्थित झोलुंगे पुलमुनि बिहीबार विहान एक अज्ञात व्यक्ति मृत भेटिएका छन्। त्रियुगा नगरपालिका ११ गाईघाट ढिम्कीस्थित झोलुंगे पुलमुनि अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

बिहीबार बिहान करिब ९ बजे स्थानीयहरूले पुलमुनि मृत अवस्थामा पुरुषको शव देखेर प्रहरीलाई खवर गरेका थिए। ढिम्की मन्दिरदेखि डा.रणशेर खोरिया भुसुने जोड्ने झोलुंगे पुलमुनि मृत अवस्थामा फेला परेका पुरुषको पहिचान हुन सकेको छैन।

मृत भेटिएका पुरुष अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पहाडी मुलको भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको टोलीले घट्नास्थललाई सुरक्षित गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता डिएसपी गणेश बमले बताए। उनका अनुसार विहान प्रत्यक्षदर्शी स्थानीयले पुलमुनि अज्ञात व्यक्तिको शव लडिरहेको भेटिएको जानकारी दिएपछि टोली पठाएर अनुसन्धान थालिएको हो।

प्रहरीले घट्नास्थलको सर्जमिन मुचुल्का तयार गरि शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिरहेको डिएसपी बलमे बताएका छन्।

प्रकाशित: १४ श्रावण २०८३ ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App