२१ पुस २०८२ सोमबार
image/svg+xml
अर्थ

२३ करोड थान नोट छाप्ने तयारी

फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्ने तयारी गरेको छ। बैंकले पाँच सय रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्न लागेको हो।  

राष्ट्र बैंकले नोट छाप्ने प्रक्रिया अघि बढाएको छ। राष्ट्र बैंकले नोटको डिजाइन, प्रिन्टिङ तथा आपूर्तिका लागि योग्य बोलपत्र आह्वान गरेको छ। बैंकले नोट छाप्नका लागि १५ दिनको सूचना दिएर इच्छुक कम्पनीको आवेदन माग गरेको छ। बैंकले आगामी १४ मे २०२५ को १२ बजेसम्म राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा आइपुग्ने गरी बोलपत्र आह्वान गरेको हो।  

राष्ट्र बैंकले यसअघि आह्वान गरेको बोलपत्र आवेदनका लागि योग्य छ कम्पनीको सूची सार्वजनिक गरेको छ। नोट छाप्नका लागि पूर्वयोग्यता पूरा गर्ने कम्पनीमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डे ला रु इन्टरनेसनल लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेर्थर फिडुसियर र पोल्यान्डको पोलिस सेक्युरिटी प्रिन्टिङ वक्र्स रहेका छन्। यी छ वटा कम्पनीलाई गोप्य बोलपत्र प्रस्ताव माग गरिएको छ। 

प्रकाशित: १८ चैत्र २०८१ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App